बाजुरामा ७० वर्षीया  बृद्धामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ

छिनोफानो   शुक्रबार ३१, भदौ २०७९ ११:४६

बाजुरामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।  बुढीगंगा नगरपालिका–६ का ४० वर्षीय बिष्णु भारतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहिबार पक्राउ गरेको हो। 
उनले ७० वर्षीया बृद्धामाथि बलात्कार गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो। त्यसको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। 
अशक्त बृद्धामाथि बुधबार राति बलात्कार भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु