कैलालीमा म्यादी प्रहरीका लागि आवेदन भर्न ४ स्थान तोकिए

छिनोफानो   शुक्रबार ३१, भदौ २०७९ ११:५७

जिल्ला प्रहरी कार्यालय कैलालीले म्यादी प्रहरीमा भर्ना हुनेहरुका लागि आवेदन दिन ४ स्थान तोकेको छ।  स्थानीय तहको निर्वाचनको बेला जिल्ला प्रहरी कार्यालयबाट मात्रै आवेदन लिने गरेकोमा अब भने कैलालीका ४ स्थानबाट म्यादी प्रहरीका लागि आवेदन दिन सकिने भएको हो।

कैलालीको इलाका प्रहरी कार्यालय टीकापुर, इलाका प्रहरी कार्यालय सुख्खड, इलाका प्रहरी कार्यालय मालाखेती र जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवेदन दिन सकिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेशप्रकाश जोशीले बताए ।  साथै आवेदकले सार्वजनिक बिदा वाहेक का दिनमा मात्र आवेदन दिन पाउने जोशीले बताए । 

स्थानीय तहको निर्वाचनको समयमा म्यादी प्रहरीमा छनोट भएकाहरुलाई सिधै अन्तर्वार्ताबाट छनोट गरिने जोशीले बताए। म्यादी प्रहरीका लागि बिहीबाट आवेदन खुलेकोमा पहिलो दिन ६ सय ५८ जनाले आवेदन दिएको कैलाली प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु