अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या

छिनोफानो   शुक्रबार ३१, भदौ २०७९ ०३:३६

कैलालीको धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीको स्वास्थ्यमा  जटिल समस्या देखिएको छ । धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थालेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको हो ।

तर उनले औषधि लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । अस्पतालले भेटघाटमा पनि रोक लगाएको छ । केसीसँगै रहेका उनका सहयोगी डाक्टर अमृत जैसीले स्वास्थ्य अवस्था झन बिग्रिदै गएको जानकारी दिए ।

डा. केसीलाई श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, रक्तचाप घट्ने, सुगर कम हुने र पिसाबमा किटोनबडी बढ्दै गएको छ ।अनसनको पाँचौँ दिनसम्म आइपुग्दा उनको तौल दुई केजी घटेको अस्पतालको रिपोर्टमा उल्लेख छ ।

‘ब्लड प्रेसर पनि निकै घटेर ९०/६० पुगेको छ । मुटुको चाल पनि घट्दो क्रममा छ,’ जैसीले भने, ‘समान्य स्लाइन पानी चढाए पनि औषधी लिनु मान्नुभएको छैन ।’ 

उनका सहयोगी डाक्टर जैसीले सरकारी पक्ष आन्तरिक रुपमा अनौपचारिक सम्वादमा रहेको सुनिए पनि औपचारिक रुपमा वार्ताका लागि अहिलेसम्म प्रस्ताव नआएको बताए । केसी धनगढी पुगेर अनशन बसेको पाँच दिन पुग्दा समेत सरकार पक्षबाट कुनै सुनवाइ भएको छैन ।

No description available.

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु