भुटानलाई हराउँदै बङ्गलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

छिनोफानो   शुक्रबार ३१, भदौ २०७९ ०४:०२

बङ्गलादेश साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भुटानलाई ८–० को फराकिलो गोलअन्तरले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।

बङ्गलादेशका लागि सबिना खातुनले ३ गोल गरिन्। मोसम्मत सिरात जहान शोपना, श्रीमोती सरकार, रिता मोना चक्मा, मसुरा प्रविन र तोहुरा खातुनले १-१ गोल गरे।दोस्रो मिनेटबाटै गोल हान्न थालेको बंगलादेशले अन्तिमसम्म त्यो क्रम जारी राखेको थियो । खातुनको यो प्रतियोगितामा दोस्रो हयाट्रिक हो । दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । बेलुकी साढे ५ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु