प्रमुख सचेतक रहेकी नेकपा (एस) नेतृ बिक सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

छिनोफानो   शुक्रबार ३१, भदौ २०७९ ०८:०६

नेकपा (एकीकृत समाजबादी) कि नेतृ तथा नेकपा (एस) सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गा बिक माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । आज काठमाण्डौँमा एक कार्यक्रमका बिच नेकपा एसकि नेतृ तथा सुदुरपश्चिम् प्रदेश सभा सदस्य बिक सहितका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
 माओवादी केन्द्र सुदुरपश्चिम् प्रदेश कमिटी अध्यक्ष हरिराम चौधरी उत्सब अनुसार कैलाली कंचनपुर जिल्लाबाट थुप्रै नेता कार्यकर्ता तथा थारु अगुवा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गरेका हुन् ।

 
 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले टिका तथा खादा लगाएर पार्टिमा स्वागत गरेका थिए ।थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौं(कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी छन् ।

यस्तै एमालेका युवा नेताहरू बिक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायत पनि पार्टीमा प्रवेश गरेका माओवादीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु