असोज ८ गतेदेखि सुदूरपश्चिम राजधानी कप २०७९ हुने

छिनोफानो   शनिबार ०१, असोज २०७९ ०४:३३

असोज ८ गतेदेखि १५ गतेसम्म धनगढीमा सुदूरपश्चिम राजधानी कप २०७९ हुने भएको छ । शनिबार आयोजक टिम पि.एफ.ए. स्पोटर्स क्लबले खेलको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 
सातै प्रदशका १÷१ टिम र एक घरेलु टिम गरी ८ टिम खेलमा सहभागी हुने आयोजकले बताएका छन ।  खेलको मुख्य प्रबर्धक सुदूरपश्चिम खेलकुद परिषद रहेको छ भने सह– प्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद रहेका छन । 
हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप मुल नाराका साथ सुरु हुन लागेको प्रतियोगिताको प्रथम पुरस्कार ५ लाख मेडल र ट्रफी, द्धितिय पुरस्कार ३ लाख मेडल र ट्रफी रहेको छ । सर्वाेउत्कृष्ट खेलाडीलाई २० हजार , उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक उत्कृष्ट मध्य मैदाज खेलाडी र उत्कृष्ट अग्र मैदान खेलाडीलाई १०÷१० हजार मेडल र ट्रफी प्रदान गरिने अयोजकले जनाएको छ । यो प्रतियोगिताकोे चौथो संस्करण हो । 


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु