डा. केसीको अबस्था नाजुक बन्दै, अन्यत्र सार्न सेती अस्पतालको सुझाब

छिनोफानो   सोमबार ०३, असोज २०७९ ०१:२४

धनगढीमा ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र स्थानान्तरण गर्न सुझाव दिएको छ ।

अस्पतालले सोमबार एक सूचना जारी गर्दै उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो ।

उनी गत भदौ २७ गतेदेखि धनगढीमा अनशनरत छन् । तर, उनले राखेको मागबारे सरकारले अझैसम्म सुनुवाइ गरेको छैन ।
आइतबार डा. केसी र सरकारी पक्षबीच पहिलो चरणको वार्ता निष्कर्षविहीन भइ टुंगिएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु