आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस

छिनोफानो   शुक्रबार १५, असोज २०७८ ०९:१२

आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ माअन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवसमनाईन्छ । विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार नेपालमाकुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख वढी जेष्ठ नागरिकहरु रहेकाछन् । प्रत्येक१० बर्षमा गरिने गणनाको तथ्यांक अनुसार वृद्धवृद्धाहरुको संख्यामा बृद्धि देखिएकोछ । यसबाट नेपालमा औसत आयू पनि बढेको स्पष्ट हुन्छ । विश्वमा ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ । औसत आयूमा देखिएको सुधारले यो संख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान छ ।

जेष्ठनागरिक दिवसको अवसरमा महिला,बालबालिका तथा समाज कल्याणमन्त्रालयले प्रभातफेरी लगायतविविध कार्यक्रम गर्दै आएको छ भने यस क्षेत्रमा कार्यरत संघसंस्थाहरुले जेष्ठनागरिकको हक अधिकारका लागि पैरवीमूलक अभियानहरु चलाउँदै आएकाछन् । सामाजिक सुरक्षाको अवधारणा लागु गर्नेसन्दर्भमा स्वर्गीय मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धबृद्धालाई मासिकभत्ता वितरण गर्ने कार्यक्रम नै यसक्षेत्रका लागि सवैभन्दा प्रगतिशिल कदमभएको मानिन्छ । सोहि अनुसार अहिलेसम्मपनि नेपाल सरकारले वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता सहित अन्य सुविधा तथा अधिकारहरुको सुचिश्चिततालाई निरन्तरता दिंदै आएको छ । तर पछिल्ला दिनहरुमा पारिवार तथा समाजबाट नै वृद्धवृद्धाहरुअपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट हुन थालेको छ ।

जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभवनयाँ पुस्ताको लागि मार्गर्दर्शन मानिन्छ । संयुक्त घर(परिवार प्रणालीमा चलेको हाम्रोसमाजमा एउटै घरमा परिवारका धेरै सदस्यहरु बस्ने र त्यहाँ जेष्ठ नागरिकहरुलाई उच्चसम्मान हुने गर्दछ । धेरै सदस्य भएको घरपरिवारलाई ‘ठूलाघर’ नै भन्ने चलन छ । पछिल्ला दिनमा विकसित मुलुकको संस्कृति र मान्यताका प्रभावलेनेपाली समाज र घरपरिवार पनि अछुतो रहेन । वयस्क सदस्यहरु परिवारबाटै अलग भई छुट्टैबस्न रुचाउन थालेपछि संयुक्त परिवार विखण्डित भई त्यहाँ रहेका जेष्ठ नागरिकहरुसमेत एक्लो हुन थालेका छन् । त्यहि भएर जेष्ठ नागरिकहरु आफैं पनि संगठित भईकेन्द्रीय, क्षेत्रीय र जिल्लास्तरमा संजाल संयन्त्रहरुनिर्माण गरी हक अधिकारका आवाजहरु उठाउन थालेको देखिन्छ ।

नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ। अन्तरिम संविधान २०६३ ले समेत बृद्धबृद्धालाईसंरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको  थियो । भर्खरै घोषणा भएको नेपालको संविधान(२०७२ को धारा ४१ मा ूजेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछू भनि उल्लेख गरिएको छ । मानवअधिकारकोविश्वव्यापी घोषणपत्र(१९४८, ग्लष्तभमल्बतष्यलक एचष्लअष्उभिक ायच यमिभच उभचकयलक ज्ञढढज्ञ, ःबअबग उबिल या बअतष्यल यल बनभष्लनज्ञढढडरःबमचष्म क्ष्लतभचलबतष्यलब िउबिल या बअतष्यल यल बनभष्लन द्दण्ण्द्द जस्ता अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालले उपस्थिति जनाईसकेको छ । सोहि अनुसार जेष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित बनाउन जेष्ठ नागरिक नीति, कार्यनीति तथा दीर्घकालिनअवधारणा जेष्ठ नागरिक कार्ययोजना(२०६२ लागू गरिएकोछ । त्यस्तै केन्द्रीय ज्येष्ठ नागरिक कल्याणसमितिको स्थापना भई ७५ वटै जिल्लामा जिल्ला ज्येष्ठ नागरिक कल्याण समिति गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु