बझाङमा कांग्रेसले समाजवादीसँग गठबन्धन नगर्ने

छिनोफानो   सोमबार ०३, असोज २०७९ ०५:३३

बझाङमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग मात्रै गठबन्धन गर्ने घोषणा गरेको छ । कांग्रेसको जिल्ला कार्यसमितिले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मात्रै गठबन्धन गर्ने घोषणा गरेको हो ।

नेकपा एकीकृत समाजवादी पार्टी जिल्लामा तेस्रो स्थानमा भएकाले गठबन्धन नगर्नेसमेत कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ।

नेपाली कांग्रेस बझाङ जिल्ला सभापति खडकबहादुर बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला भरिका कांग्रेसजनबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै बझाङ कांग्रेसले माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने ब्यहोरा अवगत गरिन्छ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु