पूर्व आइजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश

  बिहिबार ०६, असोज २०७९ ०१:३०

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमालेको पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूको उपस्थिति थियो । 

यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए । भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताएका थिए।  पर्सा, बारा तथा काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउन तयारी भइरहेको बताइन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु