धनगढीमा सामाजिक संरक्षण र सुरक्षा कार्यशाला गोष्ठी सम्पन्न

छिनोफानो   बिहिबार ०६, असोज २०७९ ०७:४४

कैलालीको धनगढीमा सामाजिक संरक्षण र सुरक्षा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बिहिवार नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को संयुक्त आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति राम चन्द्र संघाईको प्रमुख आतिथ्यता रहेको कार्यशाला गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षता रहेको थियो । यस्तै कार्याक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुवंर विशिष्ट अतिथि रहनु भएको थियो । 


धनगढी स्थीत होटल डिभोटी को सभाहलमा सम्पन्न गोष्टीमा उद्योगी तथा रोजगार दाता कम्पनीहरूका समस्या चुनौती , सामाजिक सुरक्षा को अवस्था तथा कार्यान्वयन र श्रम तथा सामाजिक सुरक्षाका समस्याका बिषयमा सुझाव सङ्कलन र समाधान का वारेमा छलफल गरिएको उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक ज्योति भट्टले जानकारी दिए ।
गोष्ठीमा प्रदेश तथा जिल्लाका उघोग वाणिज्य संघ प्रतिनिधी , बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरू,  निजि अस्पताल प्रतिनिधिहरु ,उद्योगी तथा रोजगार दाताहरु को उपस्तिथी रहेको थियो । 


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु