कैलाली–५ बाट भण्डारीले गरे उम्मेदवारी घोषणा

छिनोफानो   शुक्रबार ०७, असोज २०७९ ०३:०४

धनगढी- कैलाली–५ मा नेपाली काँग्रेसका नेता क्षितिज भण्डारीले उम्मेदवारी घोषणा गरेका छन्। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि भण्डारी संघमा कैलालीको क्षेत्र नम्बर ५ बाट उम्मेदवारी घोषणा गरेका हुन्। 

भण्डारीले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिनिधि सभामा उम्मेदवारी दिने जनाएका हुन्।  पार्टी नेतृत्वले टिकट दिने आशा गर्दै उनी चुनावको तयारीमा जुटेका छन्। जिल्लाबाट पनि कैलाली–५ का लागि आफ्नो र आरजु राणाको मात्रै नाम सिफरिस भएको दाबी भण्डारीको छ। राणाले कैलाली छाडेर डडेल्धुराबाट समानुपातिकमा रोजेपछि कैलालीमा निर्विकल्प उम्मेदवार आफू भएको भण्डारीको दावी छ। 

यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि भण्डारी उम्मेदवार बनेका थिए। धनगढी उपमहानगरपालिकाको उपमेयरमा भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएपनि पराजित भएका थिए।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु