कैलालीमा यसरी मनाईयो फार्मोसी दिवस

छिनोफानो   आइतबार ०९, असोज २०७९ ०७:२९

कैलालीमा फार्मेसी युनाइटेड याक्सन फर अ हेल्थीयर वल्र्ड भन्ने नाराका साथ फार्मोसी दिवस २०२२ मनाईएको छ । शनिवार धनगढीमा नेपाल फार्मेसी संघ र राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेश समितीको संयुक्त आयोजनामा दिवस धुमधाम का साथ मनाईएको हो ।  
कार्यक्रमको प्रमुख अतिथी रहनु भएका स्वास्थ निर्देशनालय डोटी का निर्देशक डा जगदिश जोशीले फामेर्सी दिवसको अवसरमा सम्पूर्ण फार्मासिस्टहरु लाई शुभकामना दिनु भएको छ । उनले फामेर्सी बिना अधुरो रहेको मेडिकल क्षेत्रमा सुधार ल्याउन मिलेर पहल गर्नु पर्ने बताए । उनले भने , केही फार्मेसीहरु का कारण फर्मेसीदाई दोकान को रुपमा हेर्न गरिएको यसको महत्वलाई कायम राख्न सबै क्षेत्र बाट पहल गरिनु आवश्यक छ । 

 

 

 उक्त कार्यक्रम मा बोल्दै सभापति समेत रहेका नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष केशव ओझाले फार्मेसी अध्ययन गरिसकेका र गरिरहेका सम्पूर्ण साथीहरुलाई एकजुट भएर आफ्नो पेशा को हक अधिकारका लागि लाग्न पनि सबैलाई अनुरोध गर्नुभयो । मानव स्वास्थ्यलाई अनुकुल बनाउन उपभोग गरिने औषधीको बारेमा पर्याप्त जानकारी औषधी विक्रीगर्ने वा दिने व्यक्तिलाई नै राम्रोसंग थाहा नभए के होला रु यस्तो अवस्थामा गलतढंगले औषधीकोे उपयोग हुने कुरालाई सहजै अनुमान गर्न सकिन्छ ।

नेपाल फार्मेसी संघका केन्द्रिय सदस्य राम धामीले कार्यक्रममा आफ्ना धारणा प्रस्तुत गर्दै हरेक मेडिकल तथा औषधी पसलमा औषधी विक्री वितरणका लागि फर्मासिस्टको व्यवस्था हुनुपर्दछ र बिरामीको जाँचपछि डाक्टरको सिफारिसमा फर्मासिस्टले बिरामीलाई औषधी दिनुुपर्ने बताउनु भयो । तर अधिकांश सरकारी अस्पतालका फार्मेसीमा समेत फार्मासिस्ट बिना नै औषधी विक्री वितरण हुने गरेकोले यसमा नेपाल फार्मेसी संघ आपत्ती प्रकट गर्नु भएको छ । साथै उनले औषधि ब्यबस्था बिभागको कार्यालय सुदूरपश्चिममा खोल्नु पर्ने माग राख्दै  औषधी उत्पादनको क्षेत्रदेखि विरामीको पहुँचसम्म गुणस्तरीय, असरयुक्त र सुरक्षित औषधी पुर्याउन फर्मासिस्टको उपस्थिति अनिवार्य गराउनु पर्ने, अस्पताल फर्मेसी निर्देशिकाका सहि पालना गरिनु पर्ने बताउनु भएको छ ।


कार्यक्रममा बोल्दै राष्टिय फार्मेसी संघका सुदूरपश्चिम प्रदेश का अधक्ष्य माहा ओम राज जोशिले  नीतिगत समस्याका कारण फर्मासिष्टहरुको मुद्धा सुल्झाउन नसकिएको बताउनु भयो । फर्मासिष्टहरुले आफ्नो प्रमाणपत्र भाडामा लगाउन नहुने बताउदै औषधि बिक्रिवितरण हुने ठाउँमा अनिवार्य फर्मासिष्टको दरवन्दी राख्नुपर्ने भनाई राख्नुभयो ।उहाँले फार्मेसीका जनशक्ति प्रयाप्त हुँदाहुँदै  औषधि पसल दर्ता , नबिकरण तथा अनुगमन गर्ने निकाय औषधि ब्यबस्था बिभाग अहिले सम्म सुदूरपश्चिम नहुनु सबै भन्दा दुर्भाग्य कुरा हो भन्नु भएको थियो साथै अहिले धेरै ठाँउ मा फुड सप्लिमेन्टहरु जथाभावी बिक्री बितरण भैइरहेको कुरा औँल्याउनु भएको थियो ।

 कार्यक्रममा फार्मेसी संघ सम्बिन्धित सरोकार वाला निकाय र फार्मेसी अध्यनरत छात्र छात्रा को उपस्थिती रहेको थियो ।


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु