प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमै अव्यवस्थित भण्डारण, म्याद सकिएका औषधीको गोदाममै थुप्रो

  सोमबार १०, असोज २०७९ ०३:२६

धनगढी–  सुदूरपश्चिम प्रदेश भरी औषधी आपूर्ति गर्ने जिम्मा पाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा म्याद नाघेका औषधीको थुप्रो लागेको छ । बिगत १०/१२ वर्ष देखि आपूर्ति केन्द्रको गोदाममा म्याद नाघेको औषधी थुपारेर राखिएको हो । 

बर्षाैदेखि गोदाममा म्यादन नाघेरको औषधी थुपारीएको भएपनि यसको व्यवस्थापन भने हुन सकेको छैन । व्यवस्थापनका लागि आपूर्ति केन्द्रले मात्र चाहेर नहुने निर्देशन डा निरज अर्यालले बताए । 

उनले हामीले चाहेको भए पहिले नै यसको व्यवस्थापन गर्न सकिन्थ्यो तर यसको लागि जिल्ला प्रशासन लगायत माथिल्लो निकायको टोली बनाई कुन रुपमा डिसपोज गर्ने भन्ने योजना बनाएर मात्र गरिने भएकाले अहिले सम्म थन्किएको बताए । तर यसको व्यवस्थापनका लागि आपूर्ति केन्द्रले पनि कुनै पहल गरेको छैन । 

भण्डारण कक्षमा क्षत्रीय ड्रग स्टोर हुँदा देखिको औषधी थुपारीएको छ । अर्यालका अनुसार आपूर्ति व्यवस्थापन केन्द्र बनेपछि पहिलेको भन्दा कम औषधी थुपारीएको छ । पुरानो औषधीको थुप्रोमाथि अन्य म्याद नाघेको औषधी थप्दै जादा गोदामनै अव्यवस्थित बनेको छ । 

केन्द्र सरकारले वा कुनै दातृ निकायले अनुदानमा दिएको औषधी म्याद नाघेर गोदाममै राखिएको हो । आपूर्ति केन्द्रले खरिद गरेको सबै औषधी खपत भएको तर अनुदानमा आएको औषधी म्याद नाघेर थन्क्याउन परेको केन्द्रका निर्देशक अर्यालले बताए । 

सेती प्रादेशि अस्पतलाको जग्गामा बनेका भवनमा आपूर्ति व्यवस्थापन केन्द्रको कार्यालय तथा स्टोर रहेको छ । औषधी राख्नका लागि केन्द्रको भण्डारण कक्ष तापक्रम मैत्री हुनु पर्ने भएपनि पुराना जिर्ण भवनमा औषधि भण्डारण हुँदै आएको छ । भौतिक संरचना अभाव र आफ्नो भौतिक संरचना नहुँदा समस्या भएको  अर्यालले बताए । 

प्रदेश भरी आपूर्ति गर्नका लागि औषधी व्यवस्थापन गर्ने कार्य आपूर्ति केन्द्रको हो । तर, भौतिक संरचनाको अभावका कारण औषधी बाहिर होल्डिङ सेन्टरमा राख्नु पर्ने बाध्यता छ । धेरै जसो सुदूरपश्चिमका पहाडी जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा औषधिको अभाव हुन्छ । तर आपूर्ति व्यवस्थापन केन्द्रको गोदाममा भने बर्षाैदेखि औषधी थन्किएको छ । 
आपूर्ति केन्द्रको नाममा कुनै पनि ठाउँमा जग्गा नहँदा ठुलो भवन तथा व्यवस्थित औषधी भण्डारण कक्ष निर्माणमा समस्या देखिएको छ । औषधी स्टोर गर्नका लागि बैज्ञानिक तबरले बनेका व्यवस्थित भण्डारण कक्ष आबश्यक पर्ने भएपनि भवन निर्माणका लागि आबश्य जग्गा नहुँदा आपूर्ति व्यवस्थापन केन्द्रले बर्षाैदेखि समस्या झेल्दै आएको हो । 

ठुलो भवन निर्माण गर्न बाहिरी तथा दातृ संस्थाहरुले सहयो गर्ने भनेको भएपनि आफुसंग जग्गा नहुँदा बजेट नपाएको डा. अर्यालले बताए । खरिद गरेको वा अनुदानमा आएको औषधी व्यवस्थापनका लागि २५ स्क्वायर मिटर ३ वटा भवन र ६ कठ्ठा भन्दा बढी जग्गा आबश्यक परेको अर्यालले बताए ।

प्रदेश सरकार तथा संघिय सरकारले जग्गा उपलब्ध गराए छिटै व्यवस्थित स्टोर निर्माण गरिने र सेती अस्पतालको समस्या पनि केहि मात्रामा समाधान हुने अर्यालको भनाई छ । कोरोना महामारीको समयमा अनुदानमा आएको स्वास्थ्य सामाग्रीले भरी भराउ आपूर्ति व्यवस्थापन केन्द्रमा अन्य औषधी राख्न पनि समस्या भएको छ ।

गोदाम पुरानो म्याद नाघेको र कोरोना कालमा अनुदान आएको तथा खरिद गरिएको स्वास्थ्य सामाग्रीले भरि भराउ हुँदा अहिले बाहिर होल्डीङ सेन्टरमा स्वास्थ्य सामाग्री राख्नु परेको अर्यालले बताए ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु