देशभर हालसम्म डेंगुबाट ३२ जनाको मृत्यु

छिनोफानो   सोमबार १०, असोज २०७९ ०४:०७

मुलुकभर फैलिएको डेंगु रोगको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार प्रकाशित गरेको नियमित बुलेटिनमा डेंगुका कारण हालसम्म ३२ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । 

बुलेटिनमा हालसम्म ७६ जिल्लामा डेंगुको संक्रमण देखिएको उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार गत साउनयता २५ हजार ५४३ जनामा डेंगुको संक्रमण देखिएको छ । त्यसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित पाइएका छन् ।

मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १९ हजार ९१० जना संक्रमित भएका छन् । लुम्बिनीमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णाली प्रदेशमा २३१ जनामा संक्रमण देखिएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु