मुख्यमन्त्री भट्ट प्रदेश सभामा पुनःदोहोरिने सम्भावना

छिनोफानो   मङ्गलबार १८, असोज २०७९ ०६:१५

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट फेरि प्रदेश सभा सदस्यका लागि उम्मेदवार बन्ने सम्भावना बढेको छ ।  यसअघि डाेटी जिल्ला पार्टीले प्रतिनिधिसभाकाे प्रत्यक्ष र समानुपातिकमा सिफारिस गरेकाे भएपनि गठबन्धन गर्दा प्रतिनिधिसभाकाे प्रत्यक्ष समाजवादीका भागमा परेपछि  दाेहरीने भएपछी लेमुख्यमन्त्री भट्ट प्रदेशसभा सदस्यमा फेरी दाहरिने सम्भावना बढेको हो ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका एक नेताका अनुसार उम्मेदवारी सिफारिसताका मुख्यमन्त्री भट्टले प्रतिनिधिसभाकाे प्रत्यक्षमा लड्ने तर पार्टीकाे भागमा प्रतिनिधिसभा सदस्य नपरे समानुपातिकमा नबस्ने बताएका थिए । तर, अहिले गठबन्धन गर्दा प्रतिनिधिसभाकाे प्रत्यक्ष समाजवादीका भागमा परेपछि पार्टी नेतृत्वले फेरि प्रदेश सभाका लागि तयारी गर्न भनेकाे ति नेताले बताए । 

२०७४ सालको निर्वाचनमा भट्ट डोटी प्रदेश सभा (ख) बाट विजयी भएका थिए। वाम गठबन्धनका साझा उम्मेदवार रहेका भट्टले नेपाली कांग्रेसका योगेन्द्र बहादुर शाहीलाई २ हजार ४९६ को मतान्तरले पराजित गरेका थिए। सुदूरपश्चिम प्रदेश सरकारकाे संस्थापक मुख्यमन्त्री भएका भट्ट पार्टी नेतृत्वकाे विश्वाशीला भएकाले देशमै पूर्ण कार्यकाल विताउने मुख्यमन्त्रीमा पर्दछन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु