कैलाली ४ बाट लेखराज भट्टले गरे उम्मेद्वारी दर्ता

छिनोफानो   आइतबार २३, असोज २०७९ ०५:४६

धनगढी- कैलालीक्षेत्र नम्बर ४ बाट नेकपा एमालेले  मनोनयन दर्ता गराएको छ । नेकपा एमालेका सचिव लेखराज भट्टले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेका छन । पुर्वमन्त्री समेत रहेका भट्टले कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गरेका हुन । भट्ट संगै नेकपा एमाले बाट प्रदेश सभा क मा भिम देउबा र प्रदेश सभा ख मा हरि सिंह साउँदले उम्मेदवारी दर्ता गरेका छन ।
एमाले बाट प्रदेश सभाका उम्मेद्वार साउँद गोदावरी नगरपालिकाका पुर्व नगरप्रमुख हुन भने देउवा कैलालीकै गौरिगंगा नगरपालिकाका पुर्व नगरप्रमुख हुन। कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता पछि एमाले सचिव भट्टले जनताले आफूलाई यस पटक पनि जिताउनेछन भन्ने विश्वास रहेको बताएका छन । ‘२०७४ सालको निर्वाचनमा पनि भट्ट यसै क्षेत्रबाट निर्वाचित भएका थिए  । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु