कर्णाली नदीले खतराको तह पार गर्‍यो, अझै मंगलबारसम्म वर्षा हुने

छिनोफानो   आइतबार २३, असोज २०७९ ०६:२२

धनगढी – कर्णाली नदीले खतरा तह पार गरेको छ । अपराह्न ३ः४० मिनेटमा पानीको तह मापन गर्दा १० दशमलव ७१ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानीको तह १० दशमलव ८ मिटर पुग्नु खतराको तह मानिन्छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५ बजे ९ दशमलव ४९ मिटर मापन गरिएको पानीको तह दिउँसो बढेर २ बजे १० दशमलव १७ मिटर मापन गरिएको थियो ।

बुधबारदेखिको निरन्तर वर्षाका कारण पानीको तह बढ्दै गइरहेको छ । अझै मंगलबारसम्म नै वर्षा हुने पूर्वानुमान मौसमविदको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु