आफु निर्वाचित भए समृद्ध बझाङ बनाउने अभियानमा लाग्छुः विसी

छिनोफानो   बुधबार २६, असोज २०७९ ०२:२५

नेपाली कांग्रेसकी युवा नेतृ साधना विसीले आफु निर्वाचित भए बझाङ लाई सुखी बझाङ र  समृद्ध बझाङ बनाउने अभियानमा लाग्ने बताएकी छन ।

मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा नेपाली कांग्रेस पार्टिको तर्फबाट दलित महिला र पिछिडिएको क्षेत्रबाट समानुपातिक प्रदेश सभा सदस्यमा सिफारिस भएकी बिसिले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस र्माफत यस्तो बताएकी हुन ।

उनले आफुले बझाङ्गी जनताको आशा र भरोसालाइ निराशामा परिणत हुन नदिने समेत व्याक्त गरेकीछन । १४ बर्षको उम्मेरदेखि नै राजनीतिक यात्रा सुरु गरेकी बिसिले आफुले सम्पूर्ण युवाको प्रतिनीधित्व गरेरजाने बताउँदै सम्पुर्ण मतदाता आमा बुावा दाजुभाइ दिदि  बैनिलाइ आफुलाइ मतदान गर्न अपिल गरेकी छन ।

आफु स्वास्थय कर्मी भएका कारण पनि आगामी दिनमा बझाङ्गको स्वास्थय क्षेत्रको विकासका लागि बिषेश ध्यान दिने  बताएकी छन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु