टिकादत्त जोशीद्धारा उम्मेदवारी फिर्ता, प्रकाश बमलाई सघाउने

  बुधबार २६, असोज २०७९ ०३:५९

अत्तरिया –  कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेश सभामा उम्मेदवारी दिएका टिकादत्त जोशीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।

कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका जोशीले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।

नेपाली कांग्रेसबाट चुनाव लड्न लामो समय देखि लबिङ गरिरहेका जोशीले पार्टीले टिकट नदिएपछि रुष्ट भएका थिए । उनले आफूले आक्रोसमा आएर उम्मेदवारी दिएको भएपनि सबै संगको सल्लाहबमोजिम फिर्ता लिएको बताएका छन ।

उनले पार्टीका आधिकारीक उम्मेदवार प्रकाश बहादुर बमलाई सघाउने पनि प्रतिवद्धता पनि गरेका छन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु