अछाममा उच्च रक्तस्रावका कारण गर्भवती महिलाको मृत्यु

छिनोफानो   शनिबार १६, असोज २०७८ १२:३६

अछाम । अछाममा उच्च रक्तस्रावका कारण गर्भवती महिलाको ज्यान गएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका-१ रहफ‍की पूर्णकला विकको उच्च रक्तस्रावका कारण ज्यान गएको हो ।

बिहीवार राति ८ बजे प्रसव पीडा भएपछि रहफ स्वास्थ्य चौकी लगिए पनि विकको शुक्रबार बिहान ५ बजे ज्यान गएको स्वास्थ्य चौकीकी अनमी गीता लम्सालले जानकारी दिइन् । घरमा व्यथा लागेपछि विकलाई स्वास्थ्यचौकी लगिएको थियो ।

उनको रक्तस्रावका कारण बच्चा जन्माउन नसक्दा ज्यान गएको स्वास्थ्य चौकी रहफले जनाएको छ । भौगोलिक विकटताका कारण समयमै अस्पताल पुर्याउन नसक्दा उनको ज्यान गएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु