नेकपा एमालेका नेता भीम रावलले पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाललाई समर्थनको संकेत गरेका छन् । एमालेबाट टिकट नपाएपछि विद्राह गरी रुपन्देही–१ बाट स्वतन्त्र उमेदवारी दिएका भुसाललाई समर्थन गर्ने संकेत देखाएका हुन ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भुसाल सिफारिस भएको ठाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टी लाई टिकट दिइएपछि विद्रोह गर्नु सकारात्मक भएको उनले बताए । उहाँको त्यो स्वतन्त्रताको कुरा पनि हो, उनले भने ।
उहाँको सन्दर्भमा त्यो कुरा मार्मिक छ । घनश्याम भुसालजी जुन ठाउँबाट सिफारिस हुनुभएको थियो, उहाँ स्थायी कमिटीको सदस्य, झन्डै पाँच दशक पार्टीमा काम गर्नुभएको ।
रावलले भने, जुन व्यवस्थालाई निर्दलीय भन्यौँ, त्यो व्यवस्थाका प्रमुख पात्रलाई उमेदवार बनाउँदा कुन एमालेका कार्यकर्ता, कुन नेपाली जनताले त्यो पाइला ठिक भन्न सक्ला ? यस्ता अन्यायपूर्ण कुरा गरेपछि कहिलेकाहीँ विद्रोह पनि हुन्छ ।
प्रतिकृया दिनुहोस