नेकपा एमालेका नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताएका छन्। बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गरेर नेता रावलले अछाम–१ मा आफूलाई प्रतिनिधिसभा सदस्यका लागि टिकट नदिइएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
रावलले पार्टीले सुनियोजित रूपमा आफूलाई उम्मेदवार बन्न नदिएको आरोप लगाए। आफूलाई टिकट नदिएको कुरा जनता र कार्यकर्तालाई मन नपरेको नेता रावलको भनाइ छ।
रावल अछाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भए पनि ओलीले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिएका थिए।
पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नहोस /uploads/2079/bhim-rawal-1.pdf
प्रतिकृया दिनुहोस