एमालेसँग चुनावी तालमेल गरेपछि जसपाका ४ मन्त्री बर्खास्त

  शुक्रबार २८, असोज २०७९ १०:१५

काठमाडौं–  प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा गएका चार मन्त्रीलाई बिहीबार बर्खास्त गरेका छन्। 

जसपाले सत्तारुढ गठबन्धनबाट अलग भई एमालेसँग चुनावी तालमेल गरेपछि उक्त पार्टीका मन्त्रीहरू बर्खास्तीमा परेका हुन्। पदमुक्त हुने मन्त्रीमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादव छन्। 

प्रधानमन्त्री देउवाले संविधानको धारा ७७ (२) को खण्ड (ख)बमोजिम पदमुक्त गरी यससम्बन्धी सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेका थिए। जसअनुसार राष्ट्रपति भण्डारीले रिक्त भएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले प्रेस विज्ञप्तिमा जनाएका छन्। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु