एमालेबाट बागी उम्मेदवार बनेका नेता पार्टीबाट निष्काशित

छिनोफानो   शुक्रबार २८, असोज २०७९ ०२:४८

धनगढी – सुदूरपश्चिममा नेकपा एमालेका बागी उम्मेदवार कारवाहीमा परेका छन । बागी उम्मेदवारी दिएका सुदूरपश्चिम प्रदेश कमिटि सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नहरनेगरी निष्काशन गरिएको हो ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले प्रदेश कमिटि सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ती समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रीय निर्देशन अनुसार सम्बन्धीत कमिटिले पार्टीबाट निष्काशन गरेको जानकारी दिए ।

उनका अनुसार प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्ब्र १ को प्रदेशसभा ९१०, हमालले कञ्चनपुर २ को प्रदेशसभा ९१० साउँदले कञ्चनुर क्षेत्र नम्बर १ को प्रदेशसभा९२० र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु