स्वतन्त्र उम्मेदवार ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

छिनोफानो   शनिबार २९, असोज २०७९ ०२:२३

धनगढी–  प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाइ राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने भएको छ । ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ ।
राजनीतिलाई आजीवन पेसा बनाएकाहरु, पटक पटक परीक्षण भइसकेकाहरुको बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक रहेको भन्दै डडेलधुरामा सुई निर्वाचन चिह्न लिएर चुनावी प्रतिष्पर्धामा रहेका ढकाललाई समर्थन गर्ने निर्णय गरिएको पार्टीको आधिकारिक पेजमा उल्लेख गरिएको छ ।

पार्टीको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ुराजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ । यस्तोमा बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा होमिनु भएका सागर ढकालको कदमको प्रशंसा गर्दै डडेल्धुरामा सिरिन्ज (सुई) निर्वाचन चिह्न लिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले निःशर्त समर्थन गर्दछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु