कैलालीमा यो वर्ष ७० हजार मेट्रिक टन धान उत्पादनमा कमी आउने अनुमान

दिर्घ शाही   शनिबार २९, असोज २०७९ ०५:३०

धनगढी-  कैलालीमा यो वर्ष पनि ७० हजार मेट्रिक टन धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशको अन्नको भण्डार मानिने कैलाली जिल्लामा यो वर्ष कुल उत्पालनको २० प्रतिशत अर्थात ७० हजार मेट्रिक टन धान उत्पानमा कमी आउने अनुमान गरिएको हो ।

दशैंको दिनदेखी लगातार ६ दिन सम्म परेको अविरल बर्षाका कारण कैलालीमा पाकेको धानबालीमा क्षति पुगेको छ । किसानहरु धान भित्र्याउने तरखर गरिरहेका बेला आएको बर्षाले जिल्लाको केही ठाउँमा पूर्ण रुपमा र केही ठाउँमा आंशिक रुपमा क्षति गरेको छ । गत बर्ष पनि कार्तिक पहिलो साता आएको बेमौसमी बर्षाका कारण कैलालीमा ५० प्रतिशत भन्दा बढी धानबाली पूर्ण रुपमा नष्ट भएको थियो । गत बर्ष करिब  चार अरब ६३ करोड भन्दा बढीको क्षति भएको कृषी ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए । 

अघिल्लो बर्षको तुलनामा यो बर्ष निकै कम क्षति भएको शर्माले बताए । महोना कन्द्रा कर्णाली लागायतका अन्य नदीले प्रत्यक्ष असर पार्ने क्षेत्रमा पूर्ण रुपमा धानबाली नष्ट भएको छ भने अन्य ठाउँमा आंशिक रुपमा क्षति भएको उनले बताए । नदीको तटिय क्षेत्रमा लगाएको धानबाली डुवानमा परेर पूर्ण नष्ट भएको र अन्य ठाउँमा धान भिजेको हुँदा सुकाएपछि काम लाग्ने उनले बताए ।

कैलालीमा प्रत्यक बर्ष साढे तीन लाख मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने गर्दछ । अघिल्लो बर्ष ७८ हजार हेक्टर क्षत्रफलमा धान लगाएको थियो भने करिब साढे तीन लाख मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको थियो । बर्षा हुनु अगाबै करिब १४ हजार चार सय पन्ध्र हेक्टरमा लगाएको धान मात्र किसानले भित्र्याएका थिए । आंशिक र पूर्ण क्षति गरी करिब ४ अरब ६३ करोड बढीको क्षति भएको थियो ।


गुणस्तरमा कमी 
यो बर्ष अघिल्लो बर्षको तुलनामा क्षति कम भएपनि गुणस्तरमा भने कमि आउनले आकलन गरिएको छ । लामो समयसम्म लागातार झरी परेको र धेरै धान खेतमै ढलेर उम्रिन थालेको हुँदा गुणस्तरमा कमी आउने कृषी ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए । लामो समयसम्म भण्डारण गर्न नसिने, चामल काटीने, गन्ध आउने जस्ता समस्या हुने शर्माले बताए । पाकेको धान लामो समयसम्म पानीमा भिज्दा गुणस्तरमा कमी आउने गर्दछ । भिजेको धान लामो समयसम्म भण्डारण गरेर राख्न नमिल्ने र त्यसलाई तत्काल प्रयोग गर्नु पर्ने उनको भनाइ छ । 

थोरै जमिन भएका, ठेक्कामा जमन लिएर धान रोपेका र अरुको अदिया बनाएका किसान मार्कामा परेका छन । पाकेर भित्र्याउन लागेको धानमा बर्षाका कारण क्षति भएपछि उनिहरु समस्यामा परेका हुन । पाकेको धान खेतमै उम्रिन थालेको छ । कतिपय खल्लाका खेतहरुमा अझै पानी जमेकाले धान काट्न समस्या भएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु