डडेल्धुरामा नेकपा एस र कांग्रेस (बीपी) बीच बन्यो नयाँ समीकरण

छिनोफानो   आइतबार ३०, असोज २०७९ ०१:३३

डडेल्धुरा –  आसन्न संसदीय निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (बीपी) बीच तालमेल हुने भएको छ ।

शनिबार दुवै पार्टीले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा सयुक्त रूपमा जाने जनाएका हुन् । प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेस बीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ ।

सत्ता गठबन्धनबाट असन्तुष्ट एकीकृत समाजवादीका नेता डाक्टर तारा जोशीले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टी परित्याग गरे पनि जोशीलाई समाजवादी जिल्ला कमिटीले समर्थन गरेको छ ।

जसअनुसार समाजवादीले कांग्रेस बीपीसँग तालमेल गरेको हो । समाजवादी र कांग्रेस बीपीबीच ६ बुँदे चुनावी समझदारी भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कवीन्द्र विष्टले जानकारी दिए ।

यसअघि नेकपा एमालेसँग पनि चुनावी तालमेलको सहमति गरिएको थियो, तर शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले डडेल्धुराले कांग्रेस बीपीसँगको चुनावी तालमेल भंग गरेको जनाएको थियो ।

बीपी कांग्रेसका उपसभापति कर्णबहादुर मल्लले भने केन्द्रमा आफू र प्रदेश ‘क’ मा एमालेसँग तालेमल गर्ने र प्रदेशसभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार जोशीलाई सघाउने भन्ने कुरा भएको प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु