सुदूरपश्चिमका आनन्द कामीले जिते कराँतेमा स्वर्ण पदक

छिनोफानो   बुधबार ०२, कार्तिक २०७९ ०२:४०

धनगढी– कैलालीको गोदावरी नगरपालिका – १२ ओलानीका आनन्द कामीले स्वण पदक जितेका छन । पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तरगत कराँते प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका कामीले स्वर्ण पदक जित्न सफल भएका हुन । 

उनले गण्डकी प्रदेशमा भइरहेको  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पर्वत जिल्लाको कुस्मामा भइरहेको राष्ट्रिय कराँते प्रतियोगितामा कामीले ५० किलो ग्राम तौल समूह अन्तरगत कुमुतेमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु