बझाङको चिउरीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

  बुधबार ०२, कार्तिक २०७९ ०५:११

धनगढी – बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मष्टा गाउँपालिका–४ को चिउरीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको हो ।

बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटनामा परेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० जागेश्वर भण्डारीले जानकारी दिएका छन । उनले अहिले प्रहरीले अहिले मृतको शव निकाल्ने र घाइतेको उद्धार गर्ने काम गरिरहेको बताए ।

घटनाको विस्तृत विवरण आउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । उक्त जीप पुरै टुक्राटुक्रा भएकाले नम्बर समेत खुल्न नसकेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु