बझाङमा जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ६ पुग्यो

छिनोफानो   बुधबार ०२, कार्तिक २०७९ ०६:१०

धनगढी–  बझाङमा जिप दुर्घटना भएको छ। बुधबार दिउँसो  जिल्लाको मष्टा गाउँपालिका–१ स्थित मलारिमा सदरमुकाम चैनपुरबाट मष्टा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो। 

सुपप्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ‘६ जनाको शव भेटिएको छ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० जागेश्वर भण्डारीले भने, ‘घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ। विस्तृत विवरण आउन केही समय लाग्छ।’ मृतक र घाइतेहरुको पहिचान भने खुलेको छैन।

उनका अनुसार जिप टुक्राटुक्रा भएको छ। अहिले प्रहरी र स्थानीयहरुले घाइतेहरुको उद्दार गरिरहेका छन्। घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा पठाउने काम भइरहेको छ। जिप सडकबाट २ सय मिटर तल खसेर भीरमा अड्किएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु