बझाङको मष्टा गाउँपालिकामा आज शोक विदा

छिनोफानो   बिहिबार ०३, कार्तिक २०७९ ११:१२

धनगढी-  बझाङको मष्टा गाउँपालिकामा शोक विदा दिइएको छ। जिप दुर्घटनामा पालिकाका आठ जनाको मृत्यु भएपछि शोकमा मष्टा गाउँपालिकाले बिहीबार विदा दिएको हो। मष्टा गाउँपालिका कार्यालय, वडा कार्यालय तथा गाउँपालिका मातहतका कार्यालयमा बिहीबार शोक विदा दिइएको बताइएको छ।

बुधबार दिउँसो मष्टा गाउँपालिका वडा नम्बर १ तुफानडाँडामा सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दुर्घटनामा परेको थियो। सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेर्न गएका उनीहरू फर्किने क्रममा जिप दुर्घटना भएको हो।

दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको बझाङ प्रहरीले बताएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु