फेरी चुनावी एजेण्डा बन्दै प्रदेश राजधानी

दिर्घ शाही   बिहिबार ०३, कार्तिक २०७९ ०१:४६

धनगढी-   कैलाली जिल्लामा अहिले चुनावी माहोत निकै तातेको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गराएसंगै कैलालीका नेताहरु मतदाताको घर घरमा पुग्न थालेका छन । विभिन्न आश्वासन सहितका चुनावी एजेण्डा बोकेर नेता तथा कार्यकर्ता प्रचार प्रसारमा जुटेका छन । 

टोल टोलमा जाने मतदाता भेट्ने मतदाता रिझाउने काममा व्यस्त छन सबै उम्मेदवारहरु । अहिले सबै किसानहरु आफ्नो खेतबारीमा व्यस्त हुन्छन । धान काट्ने, चुट्ने काममा व्यस्त किसानको घर खेतबारीमै पुगेर नेताहरु भोट मागि रहेका छन । 

कति उम्मेदवारहरु पुरानै दोहोरिन खोजिरहेका छन भने कतिपय उम्मेदवारहरु नयाँ अनुहार लिएर प्रतिस्पर्धामा उत्रिएका छन । सुदूरपश्चिमकै सबैभन्दा बदी चुनावी क्षेत्र भएको कैलालीमा पनि यो पटकको निर्वाचन निकै रोचक हुने आकलन गरिएको छ । वाम गठबन्धनका साझा उम्मेदवार र नेकपा एमाले विच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

कैलालीका पाँच निर्वाचन क्षेत्र मध्य क्षेत्र नम्बर ४ चर्चामा छ । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदशे इन्चार्ज लेखराज भट्ट र बाम गठाबन्धनको तर्फाबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्व मन्त्री वीर बहादुर बलायर विच प्रतिस्पर्धा हुने भएको छ । २०७४ सालको निर्वाचनमा कैलाली ४ बाट लेखराज भट्टले जितेका थिए । बलायर डोटीमा प्रेम आले मगरसंग पराजित भएका थिए । 

कैलाली क्षेत्र नम्बर ४ सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको क्षेत्र हो । अहिले दूवै नेताले प्रदेश राजधानीलाई मुख्य एजेण्डा बनाएका छ । प्रदेश राजधानी घोषणा भएको चार वर्ष वितिसक्दा सम्म कार्यान्वयनका लागि कुनै पहल नचालेका भट्ट र अघिल्लो निर्वाचनमा प्रदेश राजधानी डोटी हुनु पर्छ भन्ने एजेण्डा बोकेका बलायरले फेरी राजधानीको विषयलाई चर्चाआ ल्याएका छन । 

कैलाली क्षेत्र नम्बर ४ मा कुनै राजनीतिक सामाजिक योगदान नभएका बलायर र पटक पटक यसै क्षेत्रबाट निर्वाचित भएर पनि कुनै परिवर्तन गर्न नसकेको भट्ट विचको प्रतिस्पर्धालाई सबैले चासोको रुपमा हेरेका छन ।  दुवै नेताले आफ्नो विकल्प कोही नभएको दावी गरिरहेका छन । एमाले नेता भट्टले आफ्नो कसैसंग प्रतिस्पर्धा नै नभएको र यस क्षेत्रको नेता आफु नै भएको दावी गरिरहेका छन । 

यता, ठगबन्धनका साझा उम्मेदवार बलायरले पनि यस पटक कैलाली ४ का नागरिकले आफुलाई मतदान गर्नेमा विस्वस्त रहेका बताएका छन । 


फेरी चर्चामा प्रदेश राजधानी 
बहुमतले पारीत भएको सुदूरपश्चिम प्रदशको स्थायी राजधानी फेरी चर्चामा आएको । २०७५ असोज १२ गते बसेको प्रदेश सभा दोस्रो अधिवेशनको ४५ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ को क्षेत्रमा राजधानी बनाउने निर्णय गरेको थियो । तर, अहिले सम्म पनि कार्यान्वयन हुन सेकेको छैन । 

कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीर बहादुर बलायर र लेखराज भट्टले फेरी प्रदेश राजधानीलाई चर्चामा ल्याएका छन । दुवै उम्मेदवारले प्रायः सबै चुवानी कार्यक्रम, मतदाता भेटघाट लगायतका कार्यक्रममा प्रदेश राजधानीको विषयलाई प्रमुख एजेण्डा बनाएको देखिन्छ । 

गत असोज २५ गते कांग्रेसको क्षेत्रिय कार्यसमितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै बलायरले प्रदेशको राजधानी हावामै रहेको र निर्वाचन पछि गठबन्धनको सरकारले स्थायी रुपमा निर्माण गर्ने दावी गरे ।
उनले स्थायी राजधानी गोदावरीमा भनेको भएपनि अहिले राजधानी धनगढी डेरामै रहेको बताए । उनले गठबन्धनको सरकारले चुनाव जिते सम्भव भएको ठाउँबाट राजधानीको मास्टरप्लान सुरु हुने र ६ महिनाभित्रै देखी राजधानीको झलक देखाउन काम सुरु गरिने बताए । 

भट्टले चुनावपछि एमालको सरकार आएमा राजधानी गोदावरीमा बन्ने दावी गरे । कैलाली क्षेत्र नम्बर ४ निर्वाचन परिचालन समितिको सचिवालय तथा सम्पर्क कार्यालयको उद्घाटन सभामा बोल्दै नेता भट्ट एमालेको सरकार बने प्रदेश राजधानी तोकिएका स्थानमा भौतिक संरचना निर्माणको काम अगाडी बढ्ने दावी गरे ।

भट्ट पूर्व माओबादी नेता हुन । एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाको एकता भंग भएपछि भट्ट एमालेमै रहेका थिए । पहिलोपटक नेकपा माओवादी केन्द्रबाट २०६४ सालको संविधानसभा सदस्यको चुनाव लड्दा कांग्रेसका दीर्घराज भाटलाई करिब साढे ४ हजार मतान्तले पराजित गरेका थिए । 

२०७० को चुनावमा भने भट्ट काँग्रेस नेता भाटसंग पराजित भएका थिए । २०७४ सालमा भट्टले काँग्रेसका सुनिल भण्डारीलाई झण्डै ११ हजार मतान्तरले पराजित गरेका थिए । मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि चुना दड्दै छन । 

नेता बलायर नेपाली काँग्रेसको डोटी जिल्ला सभापति, नेपाली काँग्रेस केन्द्रीय सदस्य,  २०६४ सालको संविधानसभाको उम्मेदवार हुँदै  २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा डोटी (१) बाट निर्वाचित भएका थिए  । देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट डोटी (१) बाट प्रत्यक्ष निर्वाचित सांसद भएपछि बलायरले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । २०७४ सालको प्रतिनिधि सभा सदस्याको निर्वाचनमा डोटीमा प्रेम आले मगरसंग पराजित भएका थिए । 

यस पटक गठबन्धनको साझा उम्मेदवारको रुपमा डोटीमा प्रतिस्पर्धा गर्ने रटानमा रहेका बलायर अन्तिममा आएर व्याक भएका थिए । डोटी समाजबादीको भागमा परेपछि उनि कैलाली झरेका हुन । चुनाव जित्ने र मन्त्री बन्ने स्वास्र्थले बर्षाैदेखी राजनीति गरेको आफ्नो गृह जिल्ला छाडेर कैलाली आएको पनि आरोप लाग्ने गरेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु