माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगको पत्राचार

छिनोफानो   बिहिबार ०३, कार्तिक २०७९ ०३:१३

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले प्रहरीलाइ पत्र पठाएको छ । आयोगले बिहीबार जिल्ला प्रहरी कार्यालय, रौतहटलाई पत्र पठाएर कारबाही प्रक्रिया अघि बढाउन भनेको हो।

आयोगको पत्रमा भनिएको छ, ‘माधवकुमार नेपालबाट निर्वाचनको सम्मुखमा युवालाई विदेश पठाउने भनी सार्वजनिक रूपमा प्रलोभन देखाउने कार्य गरेकाले सम्बन्धमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध छ।’

नेपाल रौतहट–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन्। उनले चुनावी कार्यक्रममा आफूले जितेमा पैसा विनै विदेश जानेलाई काठमाडौंमा तालीम दिने र विदेश पठाउने आश्वासन दिएको पाइएको आयोगले जनाएको छ।

यस विषयमा आयोगले आजै नेता नेपालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो। तर, स्पष्टीकरणको म्याद नसकिंदै आयोगले कारबाही  प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको हो।

No description available.

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु