नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

छिनोफानो   बिहिबार ०३, कार्तिक २०७९ ०३:३३

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफले स्वर्ण पदक जितेको छ । 

पोखरा रङ्गशालामा आज बिहीवार भएको खेलमा आर्मीलाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण जितेको हो । एपीएफले आर्मीलाई २५–२१, २७–२५ र २६–२४ को सेटमा हराएको हो ।

आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई हराएको थियो भने एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपीएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । यसअघि छैटौँ राष्ट्रिय खेलकुदमा एपीएफले स्वर्ण जितेको थियो । 

बिहीवार नै कास्य पदकका लागि भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई २६–२४, २५–१४ र २५–१८ को सोझो सेटमा हरायो । 

भलिबलमा प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० गरी ११ टिम सहभागी थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु