बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

छिनोफानो   शनिबार ०५, कार्तिक २०७९ ११:३३

धनगढी–  बसले मोटरसाइकललाई ठक्कर दिँदा कैलालीमा प्रहरी हवल्दारको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको ढुङ्गे बजार नजिकै बसले ठक्कर दिँदा इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय नेत्रप्रसाद जैशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जैसी सवार से१ ब २१६ नम्बरको मोटरसाइकललाई ना ६ ख ७४५९ नम्बरको बसले पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा घाइते उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीले जानकारी दिए ।

लम्कीचुहा नगरपालिका घर भएका जैसी कार्यालयकै काममा वडा नम्बर ३ को बलचौरमा खटिएका थिए । बस र चालक ज्यातीसिंह चौधरीलाई प्रहरीले नियन्त्रणमा  लिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु