कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

छिनोफानो   शनिबार ०५, कार्तिक २०७९ १२:२६

धनगढी–   शुक्रवार बसको ठक्करबाट मृत्यु भएका प्रहरी हवल्दार नेत्र जैसीका आफन्तहरूले चालकलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै आज कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

राजमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन ठप्प भएका छन् ।लम्कीचुहा नगरपालिका ३ इलाका प्रहरी  कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार जैसीको बल्चौरदेखि चिसापानी जाने क्रममा शुक्रवार बसले ठक्कर दिँदा मृत्यु भएको थियो ।

जैसी सवार से १ ब २१६ नम्बरको मोटरसाइकल लाई ना ६ ख ७४५९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी हवल्दार जैसीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लम्कीचुहा नगरपालिका घर भएका जैसी कार्यालयकै काममा वडा नम्बर ३ को बल्चौरमा डिउटीमा खटिएका थिए । डिउटी सकेर घर फर्किने क्रममा शुक्रवार साँझ अबेर दुर्घटना भएको हो । ठक्कर दिने बस र चालक ज्योतिसिंह चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु