गाईपालनबाट कृष्णपुरकी कमलाले लाखौंको कारोवार गर्दै

  शनिबार ०५, कार्तिक २०७९ ०१:२९

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाई गाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नु परेको छैन । केही खर्च गर्नु परे पनि श्रीमानको तलब कुर्नुपर्ने भएपछि उनले गाईपालन गर्ने योजना बनाईन ।

भूमिराज कृषि तथा पशुपालन फार्म दर्ता गरेर रु एक लाखमा पाँच गाई खरिद गरेर व्यावसायिक रुपमै गाईपालनमा लागेकी उनले अहिले लाखौँको कारोबार गर्छिन । ‘श्रीमान् ट्रक चलाउनुहुन्छ सानोतिनो केही खर्च गर्न श्रीमान्कै तलब कुरेर बस्नुपर्ने भएपछि गाईपालन गर्ने सोच बनाएकी हुँ’ उनले भनीन ‘अहिले दूध बेचेर घरखर्च चलाउन सक्ने भएकी छु ।’

पाँचवटा गाईबाट सुरुआत गरिएको उनको गाईपालनमा राम्रो सम्भावना देखेपछि व्यवसाय बढाउँदै गइन । घर छेउमै वार्षिक एक लाख २० हजारमा दुई बिघा जग्गा भाडामा लिएर घाँसखेती गरिन । अहिले उनको फार्ममा २५ गाई छन् । उनले दैनिक ७० देखि ८० लिटर दूध बिक्री गरेको बताइन । ‘दूध बिक्री गर्न अत्तिरिया बजारसम्म आफँै स्कुटर चलाएर जाने गर्छु’ उनले भनीन ‘स्थानीय बजारमा पनि दूध खपत हुन्छ तर म दुग्ध विकास संस्थानको अत्तरियास्थित सङ्कलन केन्द्रमा पु¥याउँछु ।’

रु एक लाखबाट सुरु गरेको व्यवसायमा अहिले उनले मासिक लाखभन्दा बढीको कारोबार गर्ने गरेको बताइन । ‘घरमा बिना काम बस्नुभन्दा त केही गराँै भन्ने आँट गरेर व्यवसाय सुरु गरेकी हँु अहिले श्रीमान्ले पनि सघाउनु हुन्छ’ उनले भनीन ‘मासिक १५ हजार तलब दिने गरी दुई कामदार छन् ।’

उनले फार्ममा काम गर्ने कामदार नपाउँदा समस्या हुने गरेको गुनासो गरिन । ‘गाई थप गर्ने योजना थियो एक्लै सकिँदैन कामदार पाउन मुस्किल पर्छ’ उनले भनीन ‘आँट गरेर केही काम गरे सफल भइने रहेछ ।’ अहिले उहाँले गाईमात्र नभएर बाख्रापालन समेत गर्नुभएको छ । बाख्रापालनमा समेत राम्रो सम्भावना देख्नुभएका उनले बाख्राको आधुनिक खोर निर्माण गरेर बाख्रापालन गर्ने योजना बनाउनुभएको छ । ‘अहिले २० वटा छन्, पछि बाख्रा थप्ने योजना बनाएकी छु’, उनल भनीन, ‘हामीले जति मेहनत गरे पनि मूल्याङ्कन हुँदैन ।’

उनले गाउँमा दुईचार गाई पाल्नेले सरकारबाट लाखौँको अनुदान लिने गरेको व्यावसायिक रुपमा लाग्नेहरुलाई कतैबाट सहयोग नभएको गुनासो गरिन । ‘कृषि काम गर्नेलाई अनुदान दिने कुरा समाचारमा धेरै सुने अहिलेसम्म कतैबाट सहयोग भएन’ उनले भनीन’ उनले भनीन ‘हामी काम गर्नेलाई त वडामा बजेट आएको पनि थाहा हुँदैन ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु