किशोरी बलात्कार मुद्दामा उजुरी परेपछि वडाध्यक्ष फरार

छिनोफानो   शनिबार ०५, कार्तिक २०७९ ०३:००

निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजन श्रेष्ठविरुद्ध किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीकहाँ उजुरी परेको छ । १५ वर्षीया किशोरीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि प्रहरीले वडाध्यक्ष श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गर्न बारा जिल्ला अदालतबाट अनुमति दिइसकेको छ ।

तर वडाध्यक्ष श्रेष्ठ घटना भएदेखि नै वडाको काम छाडेर फरार भएकाले पक्राउ पर्न नसकेका हुन् । घटनालाई दबाउन खोजिए पनि दुई सातापछि घटनाबारे सार्वजनिक भएको हो ।

गत असोज २५ मा पीडितले इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण गराएको छ । दसैंको टीकाको राति ८ बजे वडाअध्यक्ष श्रेष्ठले बालिकालाई प्रलोभन देखाएर आफ्नै घरमा बोलाई बलात्कार गरेको पीडितबाट उजुरी आएको निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीव ओलीले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु