स्वर्ण पदक विजेता आनन्दलाई गृह जिल्लामा बाजागाजासहित स्वागत

छिनोफानो   शनिबार ०५, कार्तिक २०७९ ०५:१०

 धनगढी–  पोखरामा सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका आनन्द कामीलाई उनको गृह जिल्लामा भव्य स्वागत गरिएको छ । उनको स्वातमा कैलाली क्षेत्र नम्बर ४ प्रदेश सभा ‘ख’ मा गठबन्धनका तर्फबाटका उम्मेद्वार प्रकाश बम गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टसहितको टोली उपस्थित भएको थियो ।

उनले गण्डकी प्रदेशमा भइरहेको  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पर्वत जिल्लाको कुस्मामा भइरहेको राष्ट्रिय कराँते प्रतियोगितामा कामीले ५० किलो ग्राम तौल समूह अन्तरगत कुमुतेमा स्वर्ण पदक जितेका थिए ।

शनिबार आफ्नो गृह जिल्ला पुगेका विकलाई स्थानीयले बजागाजासहित स्वागत गरेका हुन । गोदावरी नगरपालिकाको एक विकट गाउँबाट खेलकुदमा आएका विकले प्रदेशका नाम राख्न सफल भएको भन्दै उनलाई सबैले बधाई दिँदै सम्मानसहित स्वागत गरेका हुन । 

सेती अञ्चलमा पहिलो पटक करालेमा स्वर्या पदक पाएको जिल्ला खेलकुद विकास समिति कैलालीका कराते प्रशिक्षक प्रकाश चन्दले बताए । कमजोर आर्थिक अवस्था भएका आनन्दलाई सबैले सहयोग गरिदिन चन्दले अनुरोध समेत गरेका छन । यस्ता राष्ट्रका गहना जसको पारिवारीक अवस्था कजोर छ उनिहरुलाई स्थानीय पालिकाहरुमा नै रोजगरीको व्यवस्था गरिनु पर्ने उनले बताए ।

आनन्दले जितेको स्वर्ण पदकले सुदूरपश्चिमको गौरव बढेको गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले बताए । खेलाडी राष्ट्रको गहना भएकाले उनलाई आगामी दिनमा आवश्यक सबै सहयोग गर्न तयार भएको उनले बताए । आनन्दको पारिवारीक आर्थिक अवस्था कमजोर भएको र उनको आगामी खेल यात्राको लागि नगरपालिका सहयोग गर्न तत्पर रहेको उनले बताए ।

कजोर आर्थिक अबस्थाका कारण लगातार खेलमा लाग्न नसको आनन्दले बताए । परिवारको जेठो छोर र बुवाको मृत्यु भएकाले उनले बढी जिम्मेवारी उठाउँको परेको बताए । उनि विचमा खेल छोडेर भारत पनि गएको बताउछन । अभ्यास गर्नका लागि खेलकुद सामाग्री पनि नहुने र किन्ने पैसा नभएपछि भारत गएको उनले बताए । सबै खेलाडीलाई आबश्यक पर्ने खेलकुद सामाग्री उपलब्ध गराइदिन प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु