संविधानको रक्षाका लागि गठबन्धन आबश्यकः प्रचण्ड

दिर्घ शाही   आइतबार ०६, कार्तिक २०७९ ०४:४६

धनगढी–  नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहत ‘प्रचण्ड’ले मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनले बहुमत नल्याए देश संकटमा जाने बताएका छन । सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबार आयोजित संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले संविधान र उपलब्धि रक्षाका लागि मुलुकमा पाँच दलीय गठबन्धन बनेको बताएका हुन । 

संविधानको रक्षा स्थीरता र समृद्धीका लागि गठबन्धन भनेर मुल नारा निश्चित गरेको प्रचण्डले बताए । लामो बलिदान र संघर्षपछि पाएको राजनैतीक उपलब्धि संघिय तोकतान्त्रीक गणतन्त्र र संविधान रक्षाका लागि हामी एका ठाउँमा आएको उनको भनाइ छ ।  एमाले र राप्रपाको गठबन्धनलाई इंकित गर्दै प्रचण्डले भने ‘देशमा अर्काे नयाँ गठबन्धन आएको छ । त्यसको अलग विचार छ, उद्देश्य फरक छ । त्यो गठबन्धनले देशमा ठुलो समस्या ल्याउने संकेत देखाएको छ । संविधान बदल्ने, गणतन्त्रलाई उल्ट्याउने र संघियतालाई कमोजार बनाउने प्रयासमा लागेको हँदा त्यसको विरुद्धमा पाँच दलिय गठबन्धन लड्ने प्रचण्डले बताए ।

विस्तृत शान्ति सम्झौताको बेला सात राजनैतीक दलको तर्फबाट नेपाली कांग्रेसका सभापती गिरीजाप्रसाद कोइराला र नेकपा माओवादीको तर्फबाट आफुले हस्ताक्षर गरेको प्रचण्डले बताए । उनले त्यति बेला आफृुले रुख चिन्हमा छाप लगाएको र गिरिजाप्रसाद कोइरालाले हसिया हतौडामा छाप लगाएको बताए ।  शान्ति सम्झौतामा आउनु पहिले तत्कालिन नेकपा एमालेका नेता माधव कुमार नेपाल र आफुले कसरी शान्ति सम्झौतामा आउने कसरी संविधान सभामा जाने भन्ने विषयमा धेरै पटक बार्ता भएको उनले बताए । उनले भने ‘जसलाई अहिले एमाले भनिएको छ त्यो एमाले होइन । माधन नेपालले नेतसत्व गरेको पार्टी एमाले थियो । यदि विस्तृत शान्ति सम्झौता गर्दा हो या १२ बुँदे सहमती गर्दा एमालेको नेतृत्वमा केपी ओली भएको भए देश उहिले नै दुर्घटनामा पुग्ने थियो ।’

उनले देशको रक्षा संविधनको र तोकतन्त्रको रक्षाका गर्न कसैले पनि दुविधामा नपरी गठबन्धनलाई सहयोग गर्न र गठबन्धनमा सहभागी सबै दललाई आफ्नै दल सम्झेर भोट गर्न आग्रह समेत गरेका छन । कतिपय साथहिरुले आफ्नो दलको लागि भोट माग्ने र अरुको दललाई भोट हाल्न अप्ठ्यारो मानिरहेका छन । हामी सबै एकै हो । मैले र गिरिजा प्रसादले विस्तृत शान्ति सम्झौतामा आउनु बेला नै एक अर्काको चुनाव चिन्हमा छाप लगाएकोे बताए । 

गठबन्धनलाई असहयोग हुने गरी केही साथीहरु बागी उठ्नु भएको छ । हामी सबैलाई सम्झाएर फिर्ता लिन र गठबन्धनको उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्छाै नमाले कारबाही गर्छौ, उनले भने । सुदूरपश्चिमबाट एक ढिक्का भएर चुनावमा लागर देशको अबस्था, गठबन्धनको अबश्यकताको बारेमा सबै आम नागरिकलाई बुझाउन सके बहुमत आउने छ । उनले सबै इतिहासका परिवर्तन हेर्दा हामी एक ठाउँमा आएर मात्र भएका छन । कम्युनिष्ट र कांग्रेसले एक ठाउँमा आएर परिवर्तन ल्याएउँ अब देश विकास, आर्थिक समृद्धका र सबै उपलब्धि रक्षाका लागि एक ठाउँमा आएको बताए । 

संयुक्त प्रशिक्षण भेलामा गठबन्धनका सबै दलका सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी र सदस्य, प्रदेश समितिका पदाधिकारी, जिल्ला पदाधिकारी तथा प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु