दिपायल जान लागेको नेपाली सेनाको ट्रक डडेल्धुरामा दुर्घटना

छिनोफानो   आइतबार ०६, कार्तिक २०७९ ०५:०१

धनगढी–  डडेल्धुरामा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ। केआइसिंह राजमार्गको अमरगढी नगरपालिका–११ झनढुङ्गा भन्ने स्थानमा नेपाली सेनाको बा १ ग २४५३ नम्बरको  ट्रक दुर्घटना भएको हो।
प्रहरीका अनुसार कोहलपुरबाट जिन्सी सामान बाकेर डोटीको दिपायल जान लागेको ट्रक दुर्घटना भएको हो। डडेल्धुरा–दिपायल जोड्ने राजमार्गको झनढुङ्गामा बा १ ग २४५३ नम्बरको ट्रक ब्रेक फेल हुँदा सडक छेउमै पल्टिएको जिल्लाप्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
ट्रकमा सात जना नेपाली सेना सवार थिए। सातै जना सामान्य घाइते भएका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु