थ्रेसरमा बेरिएर एक महिलाको मृत्यु

छिनोफानो   सोमबार ०७, कार्तिक २०७९ ११:५७

धनगढी – कैलालीमा धान थ्रेसरमा बेरिएर एक महिलाको मृत्यु भएको छ । कैलारी गाउँपालिका –३ भर्रीटोल बस्ने ४५ वर्षीया बिना चौधरीको टाउकोमा बाधिएको पटुकी थ्रेसरमा बेरिएर मृत्यु भएको हो ।

उनको खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा कपडा थ्रेसरमा बेरीएपछि उनको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु