बुढीतोलामा जिप दुर्घटना, पाँच जना घाइते

  सोमबार १४, कार्तिक २०७९ ११:३६

धनगढी- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा जिप दुर्घटना भएको छ। सोमबार दार्चुलाबाट धनगढी आउँदै गरको सुपप्र ००१ ज १२३४ नम्बरको जिप अनियन्त्रीत भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

जिपमा सवार पाँच जना घाइते भएका छन्। सडक किनारामा जिप उल्टो पल्टिदाँ दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ बस्ने ७४ वर्षीया लालीदेवी धामी, सोही ठाउँका १४ वर्षीय अविशेक ठकुन्ना, ३८ वर्षीय रगुनाथ जोशी, ८४ वर्षीय सन्जु ठगुन्ना र जिप चालक  २६ वर्षीय प्रेम धामी घाइते भएका हुन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु