सरुवा भएको डेढ बर्षसम्म पनि हटेन वेबसाइटबाट सूचना अधिकारीको नाम

छिनोफानो   सोमबार १४, कार्तिक २०७९ ०५:०१

धनगढी–  सडक डिभिजन कार्यालय महेन्द्रनगर, कञ्चनपुरको वेवसाइबाट सूचना अधिकारी सरुवा भएको डेढ बर्षसम्म पनि नाम, नम्बर र तस्विर हटाएको छैन । ई. लक्ष्मण दत्त जोशी सरुवा भएको डेढ बर्ष भइसक्दा पनि उनको नाम, नम्बर र तस्विर वेवसाइटमै राखिएको छ । 

तत्कालित सूचना अधिकारी जोशी सरुवा भएर अन्यन्त्र गएको र उनको ठाउँमा अर्काे व्यक्ति आएको भएपनि अहिलेसम्म सच्याइएको छैन । पुरानै सुचना अधिकारीको सम्पर्क नम्बर अझै राखी रहदा कयौं सेवाग्राही झुक्किने तथा समस्यामा पर्ने गरेका छन । 

सेवाग्राहीको सहजताको लागि वेवसाइट बनाइएको भएपनि पुरानै कर्मचारीको विवरण उल्लेख गरिदा सेवाग्राही समस्यामा पर्ने गरेको  सेवनग्राहीको गुनासो छ । यस विषयमा सडक डिभिजन कार्यालय महेन्द्रनगर, कञ्चनपुरका प्रमुख सि.डि.ई. हरिप्रसाद सुदेदीले गल्ती भएको स्विकार गर्दै अब सच्याउने बताएका छन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु