गोदावरीमा पिकनिक खान आउनेबाट अवैध असुली

छिनोफानो   सोमबार १४, कार्तिक २०७९ ०५:५३

धनगढी–  सुदूरपश्चिमकै प्रशिद्ध धार्मिक पर्यटकिय स्थल गोदावरीमा अहिले गोदावरी क्लव र गोदावरी सामुदायीक वनको मनोमानी बढ्दै गएको छ । उनिहरुले अहिले त्यहाँ पिकनिक खान आउनेबाट अवैध रुपमा रकम असुली गरेको खुलेको छ । 

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र गोदावरी परिसरमा गोदावरी सामुदायीक वन र गोदावरी युवा क्लवले अवैध रुपमा आन्तरिक तथा बाह्य पर्यटकबाट प्रति सवारी साधन रु ३०० का दरले रकम असुली गरेको खुलेको हो । उनिहरुले त्यहाँ आउने ट्याक्टरबाट तीन सयका दरले रकम असुली गरेको पाइएको छ । नगरपालिकासंग कुनै सहकार्य नगरी उनिहरुले धमाधम रकम असुली गर्दै आएका छन । 

गोदावरी सामुदायीक वनले मौखिक सहमती गरी गोदावरी क्लवलाई पैसा उठनउन लगाएको सामुदायीक वनका अध्यक्ष दिल बहादुर मडैले बताए । अवैध  रुपमा रकम असुली भइरहेको भएपनि त्यसको बारेमा आफुलाई कुनै जानकारी नभएको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु