प्रधानमन्त्री देउवा आज धनगढी आउँदै

छिनोफानो   बुधबार १६, कार्तिक २०७९ १०:०८

अत्तरिया – भोलिदेखि चुनावी क्षेत्रका कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज नै धनगढी आउने भएका छन । देउवा नेपाली सेनाको हेलीकोप्टरमार्फत धनगढी आउन लागेका हुन् ।

आज देउवा धनगढीमै बस्ने कार्यक्रम रहेको छ भने भोलिदेखि चार दिन उनी आफ्नो गृह जिल्ला डडेल्धुरामा चुनावी प्रचारमा सहभागि हुने छन ।

देउवामा भोलि १७ गते डडेलधुरा सदरमूकाम अमरगढीमा हुने कार्यक्रममा सहभागी हुने छन् । त्यस्तै १८ गते नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा तथा १९ गते अजयमेरु गाउँपालिका तथा भागेश्वर गाउँपालिकाको कार्यक्रममा सहभागी हुने देउवा २० गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको कार्यक्रममा सहभागी हुने छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु