सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  बुधबार १६, कार्तिक २०७९ १२:०१

काठमाडौं -  आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  हिजो मंगलबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो मंगलबारको तुलानामा आज बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।  महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो मंगलबार प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार हुने जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु