क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस सुरू

  बुधबार १६, कार्तिक २०७९ १२:२८

काठमाडौं– नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस सुरू भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस सुरू भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । मंगलबार उक्त इजलासले लामिछानेको बयान लिएको थियो । 

सुरूमा सरकारी वकिलले पीडितको पक्षबाट र त्यसपछि सन्दीपका वकिलहरूले बहस गर्नेछन् । सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो ।

प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको भएपनि तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन ।

२४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

सन्दीप लामिछानेले सरकारी वकिल कार्यालय र प्रहरीलाई आफुले बलात्कार नगरेको बयान दिएका छन् । उनले भदौ ५ गते राति काठमाडौंको होटलमा पुगेर एउटै कोठामा बसेको स्विकारेका छन् । तर उनले पीडित युवती बेडमा सुतेको र आफू कुर्सीमै सुतेको बयान दिएका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु