कैलालीको गोदावरीका दर्जन वढी नेता, कार्यकर्ता एमालेमा प्रवेश

छिनोफानो   शुक्रबार १८, कार्तिक २०७९ ०१:४७

धनगढी – कैलालीको गोदावरी नगरपालिका – १२ का दर्जन बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन । कांग्रेको पुर्व उप सभापति तथा पूर्व वडा सदस्य बाली जिमी साउँद सहित दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन ।

उनीहरुले एमाले सचिव लेखराज भट्टको अत्तरियास्थित निवासमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रम एमालेमा प्रवेश गरेका थिए ।

उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रीय सचिब एवम् सुदूरपश्चिम इन्चार्ज पूर्व मन्त्री लेखराज भट्टले टीका र खादा लगाएका पार्टीमा प्रवेश गराएका थिए । पार्टी प्रवेश कार्यक्रममा नेकपा एकीकृत समाजवादीका धनगढी नगर अध्यक्ष मदनराज रेग्मी पनि एमाले प्रवेश गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु